Jul 25 2026 | २०८३, श्रावण ९ गते

25 Jul 2026 | शनिवार, श्रावण ९ गते २०८३

शनिवार, श्रावण ९ गते २०८३
images
images

सिन्धुली एसबिआई बैंक लुटपाट : १ करोड ८० लाखभन्दा बढी रकम बरामद

सिन्धुली एसबिआई बैंक लुटपाट : १ करोड ८० लाखभन्दा बढी रकम बरामद

बुधवार , पौष ३०, २०८२

सिन्धुली । नेपाल एसबिआई बैंकको घ्याङलेख शाखामा मंगलबार राति भएको लुटपाट घटनामा लुटिएको रकममध्ये १ करोड ८० लाख १० हजार ५ सय रुपैयाँ प्रहरीले बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार नकावधारी तथा हतियारधारी ५–६ जनाको समूहले बैंकबाट कुल ३ करोड १० लाख ९५ हजार २ सय ८३ रुपैयाँ लुटेर लगेको थियो।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख एसपी लालध्वज सुवेदीका अनुसार खोजतलासका क्रममा लुटेराहरूले लगेको रकम जंगल क्षेत्रमा फेला परेको हो ।

घटना मंगलबार साँझ भएको थियो। पाँच–छ जनाको समूहले बैंकको सुरक्षा गार्ड रुद्रबहादुर कार्कीलाई नियन्त्रणमा लिई खुकुरी प्रहार गर्दा उनी सामान्य घाइते भएका थिए। त्यसपछि लुटेराहरूले बैंकका कर्मचारीहरूलाई समेत नियन्त्रणमा लिएर नगद लुटपाट गरेका थिए।

लुटपाटपछि फरार भएका लुटेराहरूले बनेपाबाट रिजर्भ गरी प्रयोग गरेको बा ३ डी ०३९८ नम्बरको टाढा सुमो जीप र उक्त सवारीका चालक भवत सिंह थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

घटनामा संलग्न अन्य लुटेराहरूको खोजी तथा घटनासम्बन्धी विस्तृत अनुसन्धान कार्य तीव्र रूपमा अगाडि बढाइएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077