Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

हिरासतमा रहेका एक थुनुवाको मृत्यु

हिरासतमा रहेका एक थुनुवाको मृत्यु

बुधवार , पौष ३०, २०८२

दाङ । दाङस्थित इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा रहेका एक थुनुवाको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक हुमबहादुर पराजुलीका अनुसार, बुधबार बिहान ९ बजेतिर हिरासतमा रहेका दंगीशरण गाउँपालिका–४, बैँबाङ निवासी २५ वर्षीय रोशन चौधरीको मृत्यु भएको हो ।

चौधरी गएको मंसिर २८ गते लागुऔषध ब्राउनसुगरसहित तुलसीपुर बसपार्कबाट पक्राउ परेका थिए । पाँच दशमलव १० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ परेका उनीविरुद्ध मुद्दा चलिरहेको थियो ।

बिहान एक्कासि बेहोस भएपछि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लगिएका उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077