Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

कांग्रेसका दमक नगर सभापति प्रकाश प्रसाईंले दिए राजीनामा, बालेनलाई सघाउने

कांग्रेसका दमक नगर सभापति प्रकाश प्रसाईंले दिए राजीनामा, बालेनलाई सघाउने

मंगलवार , माघ ६, २०८२

दमक । नेपाली काँग्रेस दमक नगर समितिका सभापति प्रकाश प्रसाईँले पार्टीको जिम्मेवारी राजीनामा दिएका छन् ।

उनले झापा ५ बाट रास्वपाका उम्मेदवार बनेका बालेन साहलाई सघाउने भन्दै पार्टीको साधारण सदस्य समेत नरहनेगरी राजीनामा दिएका हुन् ।

लामो समयदेखि कांग्रेसको सक्रिय राजनीतिमा रहेका प्रसाईँले रास्वपा प्रवेश गर्दै अबको आफ्नो यात्रा पद, कुर्सी वा झण्डाका लागि नभई देशमा परिवर्तन ल्याउनका लागि हुने समेत बताए ।

प्रसाईं हाल दमक नगरपालिकाकी उपमेयर रहेकी रेगिना भट्टराईका श्रीमान् पनि हुन्।

उनले बालेनलाई विजयको अग्रिम शुभकामना दिँदै भने- 'काठमाडौं महानगरका निवर्तमान मेयर बालेन साहलाई विजयको अग्रिम शुभकामना दिँदै मेरो तर्फबाट पूर्ण साथ, समर्थन र चुनावी अभियानमा सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्दछु।'

बालेनले मनोनयन दर्ता स्थलमै प्रसाईंलाई खादा लगाएर पार्टीमा स्वागत गरेका थिए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077