Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

प्रधानमन्त्री नियुक्त हुन लागेका बालेनको सपथग्रहणको शुभसाइत शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा

प्रधानमन्त्री नियुक्त हुन लागेका बालेनको सपथग्रहणको शुभसाइत शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा

बुधवार , चैत्र ११, २०८२

काठमाडौं । प्रधानमन्त्री नियुक्त हुन लागेका राष्ट्रिय स्वतन्त्र पार्टीका बरिष्ठ नेता बालेन्द्र साह (बालेन) को सपथग्रहणको शुभ साइत शुक्रवार (राम नवमीको दिन) मध्याह्न १२ बजेर ३४ मिनेटमा निस्किएको छ ।

बालेनले उक्त साइतमै सपथ लिने व्यहोरा राष्ट्रपति कार्यालयले जानकारी गराएको छ ।

बालेनको सपथग्रहण समारोहमा १०८ जना बटुकले स्वस्तिक बाचन र १०७ बौद्ध लामा गुरुहरुले मंगलवाचन गर्नेछन्  ।

यसैगरी समारोहलाई सनातन धर्मबाट गुन्जयमान बनाउन ७ जना ब्राम्हणले शंखनाद गर्ने तयारी रहेको बालेननिकट स्रोतले जनाएको छ ।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्यको निर्वाचनमा २७५ सिटमध्ये रास्वपाले प्रत्यक्षतर्फ १२५ र समानुपातिकतर्फ ५७ गरी १८२ सिट प्राप्त गरेको छ ।

दुई तिहाई नजिक सिट प्राप्त गरेपछि रास्वपाले चैत्र १३ गते सरकार बनाउँदै छ। जसअनुसार रास्वपाले बरिष्ठ नेता बालेनलाई प्रधानमन्त्री बनाउन लागेको हो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077