Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ओलीपछि बालेन साह पनि आज झापा जाँदै

ओलीपछि बालेन साह पनि आज झापा जाँदै

शनिवार , फाल्गुण ९, २०८२

काठमाडौं । चुनावी कार्यक्रमका लागि दौरान अस्वस्थ भएका रास्वपाका वरिष्ठ नेता बालेन्द्र साह बालेन झापा जाँदैछन्।

चुनावी कार्यक्रमका क्रममा सुर्खेतमा अस्वस्थ भएपछि त्यसपछिका कार्यक्रम स्थगित गरी उनी काठमाडौँ फर्किएका थिए। खाना अपच भएर बान्ता हुने, पेट दुख्ने र रक्तचाप बढेका कारण उनी चुनावी कार्यक्रमबाट फर्किएका थिए । 

स्वास्थ्यलाभपछि शनिबार झापा जान लागेका उनका सहयोगी अर्जुन घिमिरेले जानकारी दिए । बालेन अबका केहि दिन आफू उम्मेदवार रहेको झापा-५ का कार्यक्रममै व्यस्त रहने भएका छन्।

यसअघि नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आजै झापा गएका छन् । 

ओली एक पनि  बिर्तामोडको एक कार्यक्रममा सहभागी हुन झापा लागेका हुन् ।  

त्यसपछि दिउँसो ३ बजे दमकस्थित गोरखा डिपार्टमेन्ट स्टोरमा हिसान, प्याब्सन र एन–प्याब्सनद्वारा आयोजित कार्यक्रममा सहभागिता जनाउनेछन् ।

चुनावी माहोल तातिरहेका बेला झापा क्षेत्र नं ५ का एमालेका तर्फबाट उम्मेदवार अध्यक्ष ओली र सोहि क्षेत्रकै उम्मेदवार बालेनको झापा भ्रमणलाई महत्त्वपूर्ण रूपमा हेरिएको छ । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077