Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

कांग्रेसका वीरबहादुर बलायरद्वारा चुनाव नलड्ने घोषणा, देउवालाई निर्वाचनबाट वञ्चित गरिएको गुनासो

कांग्रेसका वीरबहादुर बलायरद्वारा चुनाव नलड्ने घोषणा, देउवालाई निर्वाचनबाट वञ्चित गरिएको गुनासो

मंगलवार , माघ ६, २०८२

काठमाडौं । नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरले निर्वाचन नलड्ने घोषणा गरेका छन् ।

कैलाली क्षेत्र नं ४ बाट टिकट पाएका उनले मनोनयन दर्ता चलिरहेको बेला निर्वाचन नलड्ने घोषणा गरेका हुन् ।

बलायरले कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवालाई मात्र वञ्चित गराउने गरी गरिएको निर्वाचनको कुनै अर्थ नहुने भन्दै आफूले पनि निर्वाचन नलड्ने बताए।

देउवानिकट बलायर २०७९ मा कैलाली–४ बाट झरेर एमालेका लेखराज भट्टलाई पराजित गरेका थिए ।

देउवा र पुर्वगृहमन्त्री रमेश लेखकलाई टिकट नदिएपछि बलायरले उम्मेदवारी फिर्ता गरेको बुझिएको छ।

उनको यो निर्णयसँगै कांग्रेसभित्र कैलाली–४ को उम्मेदवार चयन प्रक्रिया थप चासोको विषय बनेको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077