Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

निर्वाचनका लागि भारत सरकारद्धारा नेपाललाई ६१ वटा गाडी सहयोग

निर्वाचनका लागि भारत सरकारद्धारा नेपाललाई ६१ वटा गाडी सहयोग

मंगलवार , माघ ६, २०८२

काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि भारत सरकारले नेपाललाई ६१ वटा गाडी सहयोग गरेको छ ।

आज सिंहदरवारमा एक कार्यक्रमका बीच भारतीय दुतावासले नेपाल सरकारलाई ६१ वटा क्याबिन पिक भ्यान  हस्तान्तरण गरेको हो ।

गृह मन्त्रालयले अर्थ मन्त्रालयमार्फत निर्वाचन प्रयोजनका लागि वस्तुगत सहायताअन्तर्गत भारत सरकारसँग गाडी माग गरेको थियो । उक्त प्रस्तावअन्तर्गत भारतले नेपाल सरकारलाई उपहार स्वरुप पहिलो चरणमा ६१ वटा गाडी उपलब्ध गराएको हो ।

भारतले अझै सानाठूला गरी ५३८ वटा गाडी उपलब्ध गराउने बताइएको छ ।

भारतले निर्वाचन सम्पन्न गर्नको लागि नेपाल सरकारलाई सवारी लगायतका निर्वाचन सामाग्रीहरु सहयोग गर्दै आइरहेको छ । सन् २००८ यता मात्र भारत सरकारले नेपाल सरकालाई २ हजार ४ सय बढी सवारी साधन सहयोग गरिसकेको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077