Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

टाटा पेन्ट्सको ब्रान्ड एम्बेसडरमा नायिका श्रृष्टी खड्का नियुक्त

टाटा पेन्ट्सको ब्रान्ड एम्बेसडरमा नायिका श्रृष्टी खड्का नियुक्त

शुक्रवार , माघ ९, २०८२

चितवन । टाटा पेन्ट्स एण्ड केमिकल इन्डस्ट्रिज प्रालिको ब्रान्ड एम्बेसडरमा चर्चित नायिका तथा मोडल श्रृष्टी खड्का नियुक्त भएकी छन् । प्रबन्ध निर्देशक प्रकाश आचार्य र नायिका खड्काबीच तीन वर्षे सम्झौता भएको हो ।

२२ वर्षदेखि निरन्तर भित्ता रंगाइरहेको टाटा पेन्ट्स एण्ड केमिकल इन्डस्ट्रिज प्रालिको स्थापना चितवनको भरतपुरमा भएको थियो ।

यो स्वदेशी उद्योग आज गुणस्तर, विश्वास र दीर्घकालीन प्रतिबद्धताको बलियो प्रतीक बनेको छ । आचार्य होल्डिङ अन्तर्गत सञ्चालित टाटा पेन्ट्सले टाटा ब्रान्डअन्तर्गत ७, १० र नेपालमै पहिलोपटक १३ वर्षको ग्यारेन्टीसहितका विभिन्न पेन्ट उत्पादन गर्दै आएको छ।

आईएसओ तथा नेपाल गुणस्तर चिन्ह प्राप्त गरिसकेको कम्पनीले स्वदेशी उत्पादनले पनि अन्तर्राष्ट्रिय स्तरको विश्वास जित्न सक्छ भन्ने उदाहरण प्रस्तुत गरेको छ।

कम्पनीकी अध्यक्ष विमला आचार्यको दूरदर्शी नेतृत्व र प्रबन्ध निर्देशक प्रकाश आचार्यको सक्रिय व्यवस्थापनले टाटा पेन्ट्सलाई उद्योग क्षेत्रमा मजबुत रूपमा स्थापित गरेको छ ।

नायिका तथा मोडल खड्काको व्यक्तित्व, लोकप्रियता र सकारात्मक छविले टाटा पेन्ट्सको सन्देशलाई अझ गहिरो रूपमा आम उपभोक्तामाझ पुर्‍याउने विश्वास कम्पनीले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077