Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

राष्ट्रिय सभा निर्वाचन: कोसी प्रदेशमा महिलातर्फ रोशनी मेचे निर्वाचित

राष्ट्रिय सभा निर्वाचन: कोसी प्रदेशमा महिलातर्फ रोशनी मेचे निर्वाचित

आइतवार , माघ ११, २०८२

विराटनगर। राष्ट्रिय सभा निर्वाचनमा कोसी प्रदेशमा महिलातर्फ रोशनी मेचे निर्वाचित भएकी छन्।

नेपाली कांग्रेस र नेकपा एमाले गठबन्धनबाट मेचे ७१७३ मतले विजयी भएकी हुन्। उनलाई नेकपाकी नमिता न्यौपानेले चुनौती दिएकी थिइन् ।

यसअघि अन्यतर्फ कांग्रेसका सुनील थापा निर्विरोध निर्वाचित भएका थिए।

दलिततर्फको मतगणना जारी छ। गठबन्धनका तर्फबाट नेकपा एमालेका सोम पोर्तेल र नेकपाबाट खेम सुन्दास चुनावी मैदानमा छन्।

राष्ट्रिय सभा सदस्य निर्वाचनअन्तर्गत कोसी प्रदेशमा १४ जना जनप्रतिनिधि मतदान प्रक्रियामा सहभागी भएनन्।विराटनगरमा आइतबार सम्पन्न मतदानमा पाँचजना प्रदेश सभा सदस्य र नौजना स्थानीय तहका पदाधिकारीले मतदान नगरेका हुन्।

राष्ट्रिय सभा निर्वाचन कार्यालयका अनुसार कोसी प्रदेशमा कुल मतदाताको संख्या प्रदेश सभातर्फ ९२ र स्थानीय तहतर्फ २६७ गरी ३५९ थियो। जसमध्ये ८७ जना प्रदेश सभा सदस्य र २५८ जना स्थानीय तहका पदाधिकारीले मात्र मतदान गरेको निर्वाचन आयोगले जनाएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077