Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

राष्ट्रिय सभा निर्वाचन: कुन प्रदेशमा कति मत खस्यो ?

राष्ट्रिय सभा निर्वाचन: कुन प्रदेशमा कति मत खस्यो ?

आइतवार , माघ ११, २०८२

काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचन २०८२ अन्तर्गत देशका सातै प्रदेशमा मतदान प्रक्रिया जारी छ।

निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार लुम्बिनी प्रदेशमा बिहान १०:३० बजेसम्म प्रदेश सभा सदस्यतर्फ जम्मा ४९ मत खसेका छन्। स्थानीय तह सदस्यतर्फ भने कुल ७९ मत खसिसकेको छ।

त्यसैगरी बागमती प्रदेशमा बिहान १०:५५ बजेसम्म प्रदेश सभा सदस्यतर्फ ६१ मत खसेका छन्। स्थानीय तह सदस्यतर्फ कुल २३७ मत खसिसकेको आयोगले जनाएको छ।

लुम्बिनी प्रदेशमै ११ बजेसम्मको थप अद्यावधिक अनुसार प्रदेश सभा सदस्यतर्फ महिला र पुरुषगरी जम्मा ५२ मत खसेका छन् भने स्थानीय तह सदस्यतर्फ कुल १०९ मत खसिसकेको छ।

यसैगरी कोशी प्रदेशमा साढे ११ बजेसम्म प्रदेश सभा सदस्यतर्फ जम्मा ४८ मत खसेका छन्। स्थानीय तह सदस्यतर्फ कुल १७४ मत खसिसकेको विवरण आयोगले सार्वजनिक गरेको छ।

कर्णाली प्रदेशमा पनि १२ बजेसम्मको अद्यावधिक अनुसार प्रदेश सभा सदस्यतर्फ जम्मा ३८ मत खसेका छन्। स्थानीय तह सदस्यतर्फ कुल १३० मत खसिसकेको छ।

निर्वाचन आयोगले सबै प्रदेशमा मतदान प्रक्रिया शान्तिपूर्ण रूपमा अघि बढिरहेको जनाएको छ। आयोगका अनुसार मतदान सकिएपछि तोकिएको कार्यतालिका अनुसार मतगणना प्रक्रिया सुरु गरिनेछ। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले सकभर साँझ पाँच बजेभित्र निर्वाचनको एकमुष्ट नतिजा सार्वजनिक भइसक्ने बताएका छन् ।

मतदान प्रक्रियामा प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रमुख र उपप्रमुख सहभागी छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077