Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

राष्ट्रियसभामा रञ्जित कर्णको इन्ट्री, ८०९३ मतभारका साथ विजयी

राष्ट्रियसभामा रञ्जित कर्णको इन्ट्री, ८०९३ मतभारका साथ विजयी

आइतवार , माघ ११, २०८२

काठमाडौं । नेपाली कांग्रेसका नेता रञ्जित कर्ण राष्ट्रियसभा सदस्य निर्वाचनमा निर्वाचित भएका छन् ।

मधेश प्रदेशस्थित राष्ट्रियसभा सदस्यको निर्वाचन कार्यालयले जनाएअनुसार उनी ८०९३ मत प्राप्त गरी मधेश प्रदेशमा सबै भन्दा बढी मतका साथ नेपाली निर्वाचित भएका छन् ।

नेपाल विद्यार्थी सङ्घ (नेवि सङ्घ) का पूर्व केन्द्रीय अध्यक्ष कर्ण राष्ट्रिय सभाको उम्मेदवार बनेका थिए ।

सप्तरीको राजविराज घर भएर विद्यार्थीकालदेखि नेपाली कांग्रेसमा सक्रिय रहदै आएका कर्णलाई नेपाली कांग्रेसले राष्ट्रिय सभाको उम्मेदवार चयन गरेको थियो ।

पार्टीले उनलाई मधेश प्रदेशबाट अल्पसङ्ख्यक कोटामा उम्मेदवार चयन गरेको हो। जहाँ उनले सबैभन्दा बढी मत प्राप्त गरे ।

आज राष्ट्रिय सभा निर्वाचन सम्पन्न भएको छ। निर्वाचन आयोगका अनुसार ९५.६८ प्रतिशत मतदान भएको थियो।

राष्ट्रिय प्रजातन्त्र पार्टीका मतदाता निर्वाचनमा अनुपस्थित रहे। अरू दलका कतिपय सांसद र स्थानीय तहका प्रतिनिधि पनि मतदानमा अनुपस्थित थिए।

आजको निर्वाचनबाट नेपाली कांग्रेस, नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवारहरू विजयी भएका छन्।

कांग्रेसले शेरबहादुर देउवा सभापति र पूर्णबहादुर खड्का कार्यवाहक सभापति रहेका बेला एमाले र लोसपासँग राष्ट्रिय सभामा तालमेल गर्ने सहमति गरेको थियो।

त्यसअनुसार १८ पदमा निर्वाचन हुनेमा ९ ठाउँमा कांग्रेसले उम्मेदवारी दिएको थियो, एमालेले ८ ठाउँमा र लोसपाले १ ठाउँमा उम्मेदवारी दिएको थियो।

राष्ट्रिय सभामा १९ पद रिक्त हुनेमा एक जना सरकारको सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने व्यवस्था छ। बाँकी १८ पदका लागि आज चुनाव भएको थियो।

बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म मतदान भएको थियो। लगत्तै मतगणना गरी मतपरिणाम आएको हो।

कहाँ को भए निर्वाचित ?

कोशी प्रदेश

१. सुनिलबहादुर थापा निर्विरोध निर्वाचित, नेपाली कांग्रेस

२. रोशनी मेचे, नेकपा एमाले

३. सोमनाथ पोर्तेल, नेकपा एमाले

मधेस प्रदेश

१. धमेन्द्र पासवान, नेपाली कांग्रेस

२. रञ्जित कर्ण, नेपाली कांग्रेस

३. महन्थ ठाकुर, लोसपा

४. रेखाकुमारी झा, नेकपा एमाले

बागमती प्रदेश

१. गीता देवकोटा, नेपाली कांग्रेस

२. प्रेमप्रसाद दंगाल

गण्डकी प्रदेश

१. सम्झना देवकोटा, नेकपा एमाले

२. जगत तिमिल्सिना, नेपाली कांग्रेस

लुम्बिनी प्रदेश

१. बासुदेव घिमिरे (जंगली), नेपाली कांग्रेस

२. चन्द्रबहादुर केसी, नेपाली कांग्रेस

३. रामकुमारी झाक्री, नेकपा एमाले

कर्णाली प्रदेश

१. ललितजंग शाही, नेपाली कांग्रेस

२. मीनासिंह रखाल, नेकपा एमाले

सुदूरपश्चिम प्रदेश

१. लीलाकुमारी भण्डारी, नेकपा एमाले

२. खम्मबहादुर खाती, नेपाली कांग्रेस।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077