Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

बालुवाटार जलाउने धम्की दिएको भन्दै समाचार आएपछि साइबर ब्यूरोमा रञ्जित कर्णको उजुरी

बालुवाटार जलाउने धम्की दिएको भन्दै समाचार आएपछि साइबर ब्यूरोमा रञ्जित कर्णको उजुरी

बिहिवार , बैशाख १०, २०८३

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता रञ्जित कर्णले आफूविरुद्ध प्रकाशित भ्रामक र असत्य समाचारप्रति आपत्ति जनाउँदै साइबर ब्यूरोमा उजुरी दिएका छन्।

उनले केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आफूले नबोलेका कुरा तोडमोड गरी प्रस्तुत गरेको आरोप लगाउँदै ब्यूरोमा उजुरी दिएका हुन्।

सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले नेपाली कांग्रेस प्रेस स्वतन्त्रतामा विश्वास गर्ने पार्टी भएको र आफू पनि त्यसप्रति प्रतिबद्ध रहेको बताए। तर, गलत सूचना फैलाएर व्यक्तिको चरित्र हत्या गर्नु प्रेस स्वतन्त्रता नभएको उनको भनाइ थियो। 

उनले भने–‘प्रेस स्वतन्त्रता भनेको जिम्मेवारीसहितको स्वतन्त्रता हो ।’

उनले प्रधानमन्त्रीसँग सोधेको प्रश्नलाई पनि तोडमोड गरेर आफूविरुद्ध भ्रम फैलाइएको दाबी गरे। आफूले केवल समान कानूनी मापदण्डबारे प्रश्न उठाएको स्पष्ट पार्दै ‘बालुवाटार जलाउने धम्की’ दिएको भन्ने आरोप असत्य भएको बताए।

यदि त्यस्तो प्रमाण भए कानूनी कारबाही भोग्न तयार रहेको उनले उल्लेख गरे।

तथ्यहीन र उद्देश्यप्रेरित सामग्रीले लोकतन्त्रलाई कमजोर बनाउने भन्दै सञ्चारमाध्यमलाई सन्तुलित र सत्य सूचना प्रवाह गर्न आग्रह गर्दै उनले लोकतन्त्रमा प्रेस स्वतन्त्रता आवश्यक भए पनि जिम्मेवार पत्रकारिता अपरिहार्य रहेको बताए।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077