Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कञ्चनपुर पुगे बालेन, नेता-कार्यकर्ता तथा समर्थकहरूसँग भेटघाटमा व्यस्त

कञ्चनपुर पुगे बालेन, नेता-कार्यकर्ता तथा समर्थकहरूसँग भेटघाटमा व्यस्त

मंगलवार , माघ १३, २०८२

कञ्चनपुर । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साह (बालेन) कञ्चनपुर पुगेका छन्।

मंगलबार धनगढीबाट हुलाकी सडकको मार्ग हुँदै पुनर्वासस्थित डोकेबजार पार गरेर कञ्चनपुर प्रवेश गरेका हुन्।

झापा लगायतका पूर्वी जिल्लाहरुमा चुनाव प्रचारपछि सुदूरपश्चिम ओर्लिएका बालेन सोमबार बाँकेको नेपालगञ्ज, बर्दियाको बाँसगढी, मैनापोखर, गुलरिया, मधुवन र राजापुर हुँदै आज कैलाली पुगेका थिए ।

बालेनलाई रास्वपाका नेता कार्यकर्ताहरुले धनगढीमा भव्य स्वागत गरेका थिए । यस क्रममा विभिन्न स्थानमा पार्टीका नेता-कार्यकर्ता तथा समर्थकहरूसँग अन्तरक्रिया तथा भेटघाट गरिएको छ।

पार्टीका नेता तथा कञ्चनपुर क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य जनक सिंह धामीका अनुसार बेलौरीस्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा साहले बेलौरी, पुनर्वास, लालझाडी र बेलडाँडी क्षेत्रका नेता(कार्यकर्तासँग छलफल पनि गरेका थिए।

कार्यक्रमअन्तर्गत साहले बेलौरी पार्टी कार्यालयमा हस्ताक्षर गर्नुका साथै घण्टी बजाएर पार्टी उम्मेदवारलाई जिताउन सन्देश दिएका थिए। त्यसपछि उनी क्षेत्र नं. २ अन्तर्गत झलारी र क्षेत्र नं. ३ को महेन्द्रनगर पुगेर पार्टीजनसँग भेटघाटमा सहभागी भएका छन्। महेन्द्रनगरको मदनचोकमा स्वागत तथा सम्मान कार्यक्रमसमेत आयोजना गरिएको जनाइएको छ।

२०७९ सालमा सम्पन्न स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको प्रमुख पदमा स्वतन्त्र उम्मेदवारका रूपमा निर्वाचित साह रास्वपाको उम्मेदवार बनेपछि पहिलो पटक कञ्चनपुर पुगेका हुन्।

यसअघिमाघ ५ गते जनकपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गरेर बालेन झापा पुगेका थिए । आगामी निर्वाचनमा झापा–५ बाट प्रतिष्पर्धाका लागि बालेनले उम्मेदवारी दिएका छन् । झापासहित पूर्वी नेपालका विभिन्न जिल्लाहरुमा पुग्दा बालेनको क्रेज देखिएको थियो ।

May be an image of one or more people, crowd and text

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077