Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

झापामा निष्पक्ष, सुरक्षित र भयरहित चुनाव गराउँछु : एसपी खड्का

झापामा निष्पक्ष, सुरक्षित र भयरहित चुनाव गराउँछु : एसपी खड्का

मंगलवार , माघ १३, २०८२

झापा । जिल्ला प्रहरी कार्यालय झापाकी प्रमुख तथा प्रहरी उपरीक्षक (एसपी) बसुन्धरा खड्काले निर्वाचनलाई निष्पक्ष, सुरक्षित र भयरहित वातावरणमा सम्पन्न गराउने बताएकी छिन् ।

मंगलबार जिल्लाका सञ्चारकर्मीहरूसँग गरिएको संक्षिप्त परिचयात्मक तथा भेटघाट कार्यक्रममा बोल्दै उनले सो कुरा बताएकी हुन् ।

उनले भनिन्, 'मेरो पोस्टिङको करिब डेढ महिना जिल्लामा चुनावी माहौल नै रहनेछ । जहाँ चुनौती र अवसर दुवै छन्। मेरो क्षमताले भ्याउन्जेलसम्म निष्पक्ष, सुरक्षित र भयरहित वातावरणमा चुनाव गराउनेछु।'

यस पटक झापाको चुनावी माहौल चुनौतीपूर्ण देखिएको स्वीकार गर्दै उनले त्यसलाई शान्तिपूर्ण रूपमा सम्पन्न गराउने प्रतिबद्धता जनाइन्।

'चुनौती मैले एक्लैले फेस गर्नु पर्दैन। मसँग अहिले नै ११ सयको हाराहारीमा प्रहरी कर्मचारी छन्। संगठनले थप मद्दत पनि पठाउँछ। जिल्लामा एकीकृत सुरक्षा योजना बनेकोले चुनाव शान्तिपूर्ण रूपमा सम्पन्न हुनेमा म विश्वस्त छु,' उनले भनिन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077