Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

मुलपानीमा लुटेरा नियन्त्रणमा लिन प्रहरीले चलायो गोली, १० जना पक्राउ

मुलपानीमा लुटेरा नियन्त्रणमा लिन प्रहरीले चलायो गोली, १० जना पक्राउ

बिहिवार , माघ १५, २०८२

काठमाडौं । काठमाडौंमा लुटपाटमा संलग्न समूहलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार बुधबार राति काठमाडौंको मुलपानी क्षेत्रमा लुटेरा समूहका सदस्यलाई पक्राउ गर्ने क्रममा प्रहरीले गोली चलाएको हो ।

लुटपाटमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिने क्रममा प्रहरीमाथि आक्रमण भएपछि गोली चलाउनु परेको प्रहरीको दाबी छ । काठमाडौंका विभिन्न स्थानबाट हालसम्म १० जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

तीमध्ये दुई जनालाई मुलपानी क्षेत्रमा पक्राउ गर्ने क्रममा उनीहरूले प्रहरीमाथि आक्रमण गरेका थिए । प्रहरीमाथि आक्रमण भएपछि आत्मरक्षाका लागि गोली चलाइएको बताइएको छ ।

प्रहरीको गोली लागेर एक जना घाइते भएका छन् । उनको खुट्टामा गोली लागेको र हाल ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जनाएको छ। घाइतेको अवस्था सामान्य रहेको बताइएको छ।

प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिहरू मोटरसाइकल प्रयोग गरेर लुटपाट गर्ने समूहका सदस्य हुन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077