Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध, डोल्पा जाने यात्रु बाटोमै अलपत्र

हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध, डोल्पा जाने यात्रु बाटोमै अलपत्र

बिहिवार , माघ १५, २०८२

रुकुम पूर्व । हिमपातका कारण बुधबारदेखि अवरुद्ध मध्यपहाडी लोकमार्ग अझै सञ्चालन हुन सकेको छैन् ।

बुधबार दिनभरि हिमपात भएपछि सडकको हिउँ पन्छ्याउन नसकिएको जिल्ला प्रशासन कार्यालय रुकुम पूर्वले जनाएको छ ।

जस कारण मध्यपहाडी लोकमार्गअन्तर्गत रुकुम पूर्व-बाग्लुङ खण्डमा डोल्पा आउँदै गरेका यात्रुहरूबीच बाटोमै अलपत्र परेका छन्।

उक्त सडकखण्डमा परेको हिमपातले दर्जनौँ बस र यात्रु बीच बाटोमै अलपत्र परेको डोल्पा आउँदै गरेका एक यात्रुले जानकारी दिए । उनका अनुसार अत्यधिक चिसोका कारण यात्रुहरूलाई निकै समस्या भइरहेको छ । केही यात्रुको स्वास्थ्यमा समेत समस्या देखिन थालेको छ। यात्रुहरूले तत्काल उद्धार, खाना, न्यानो कपडा र स्वास्थ्य सहयोगको माग गरेका छन्।

त्यहाँ फसेकाहरुलाई पनि गन्तव्यमा पठाउन दुई जिल्लाबीच समन्वय भइरहेको रुकुम पूर्वकी प्रमुख जिल्ला अधिकारी सीता परियारको भनाइ छ ।

उनले भनिन्- 'हिजो हिउँ पन्छाएर बाटो आंशिक खुलायौं । आज पूर्णरुपमा खुलाउने प्रयास गर्छौं ।'

बुधबार पनि सडकमा फसेका करिब तीन सय यात्रुलाई उद्धार गरिएको थियो । आज पनि बिहानैदेखि रुकुम पूर्वतर्फको तीन किलोमिटर सडकमा परेको हिउँ पन्छाउन थालिएको जिल्ला प्रहरीका प्रहरी नायब उपरीक्षक उमाशङ्कर प्रसाद यादवले बताए ।

बागलुङले पनि आफ्नो क्षेत्रमा परेको हिउँ पन्छाएर सकिएमा मात्र सडक सञ्चालन हुने प्रनाउ यादवले बताए । काठमाडौंबाट रुकुम पूर्वसहित रुकुम पश्चिम र डोल्पाका लागि छुटेका बस हिमपातका कारण पातिहाल्नामा फस्दा यात्रुलाई बुधबार उद्धार गरेर रुकुम पूर्व ल्याइएको थियो भने कतिपयलाई बागलुङको बुर्तिबाङ लगिएको थियो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077