Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

वर्षाका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध, विद्युत् सेवा अवरुद्ध

वर्षाका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध, विद्युत् सेवा अवरुद्ध

आइतवार , बैशाख १३, २०८३

रुकुमपूर्व । शनिबार साँझ हावाहुरीसँगै परेको असिनापानीका कारण रुकुमपूर्वमा मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ 
 
निरन्तर वर्षासँगै विभिन्न स्थानमा लेदो मिसिएको पहिरो खस्दा मुख्य सडक सञ्जाल अवरुद्ध भएको हो।

ट्राफिक प्रहरी कार्यालयका प्रमुख, प्रहरी सहायक निरीक्षक वीरबहादुर थापाका अनुसार मध्यपहाडी लोकमार्गको धौलापहिरा, काँडाबगर, किमुबोट, सुन्तलाबारी, सैपातुङ, काँक्री, सीतालगायत ठाउँमा पहिरो खसेको छ ।

पहिरोकै कारण धाउन्ने सडकखण्डसहित जिल्लाका अन्य सहायक मार्गहरूमा समेत यातायात सञ्चालन प्रभावित भएको प्रहरीले जनाएको छ।

ढुंगा र लेदो सडकमा खसेपछि दर्जनौ सवारी साधन रोकिएका छन् । सडक अवरुद्ध हुँदा यात्रुहरू सडकमै अलपत्र परेका छन् । 

प्रहरी सहायक निरीक्षक थापाले पहिरो पन्छाउने प्रयास भइरहेको जानकारी दिए ।

साथै उनले मौसममा सुधार नआएसम्म अत्यावश्यकबाहेक यात्रा नगर्न आग्रह गरेका छन् ।

यसैबीच वर्षासँगै परेको असिनाले गहुँबालीमा समेत क्षति पुगेको स्थानीय स्तरबाट जानकारी आएको छ।

शनिबार साँझ करिब ६ बजेदेखि जिल्लामा विद्युत् सेवा अवरुद्ध भएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077