Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

विराटनगरमा बालेन, समर्थकले गरे भव्य स्वागत

विराटनगरमा बालेन, समर्थकले गरे भव्य स्वागत

बुधवार , माघ २१, २०८२

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह (बालेन) चुनावी अभियानको क्रममा आज मोरङ पुगेका छन् । 

हुलाकी राजमार्ग हुँदै झापाबाट विराटनगर प्रवेश गरेका बालेनको समर्थकहरुले विराटनगरमा भव्य स्वागत गरेका हुन् । 

विराटनगरको रास्वपा कार्यालय प्रवेश गर्ने क्रममा उनी समर्थकबाट घेरिएका थिए । 

झापा–५ का उम्मेदवार समेत रहेका बालेनले मोरङका विभिन्न चुनावी क्षेत्रमा भ्रमण गर्ने बताइएको छ ।  

साथै रास्वपा उमेदवारहरूसँग छलफल तथा भेटघाट गरी चुनावी रणनीतिबारे बैठक गर्ने बताइएको छ ।  

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077