Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

बिहिवार , माघ २२, २०८२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

आज बिहीबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा उनीहरूबीच भेटवार्ता भएको हो । 

भेटवार्तामा उनीहरूबीच आगामी निर्वाचन र समसामयिक विषयमा छलफल भएको भनिए पनि सबै कुराबारे खुलाइएको छैन । 

तर,मंगलबार प्रधानमन्त्री कार्कीले हिमाली जिल्लामा मौसमले साथ नदिए दुई चरणमा चुनाव गर्न सकिने भनी दिएको अभिव्यक्तिको एमालेले प्रतिवाद गरेको थियो ।

प्रधानमन्त्री कार्कीले भनेकी थिइन्- 'थोरै ठाउँ भएका भूभागमा सवारी साधनबाट मान्छे ओसारेर पनि (मतदान) गराउन सकिन्छ। हुनै नसक्ने अवस्था हो भने त्यही रूपबाट विचार हुन्छ। कहीँ रोकियो भने सरकारले दोस्रो पटक गराउँछ। तर निर्वाचन चाहिँ जसरी पनि हुन्छ। '

यसैगरी एमाले उपाध्यक्ष एवम् निर्वाचन परिचालन कमिटीका संयोजक रामबहादुर थापा बादलले प्रायोजित ढंगबाट गठन भएको सरकारले मौसमको बहानामा निर्वाचन सार्न खोजेकोभन्दै आपत्ति जनाएका थिए।

उनले भनेका थिए- 'अहिलेको सरकार निर्वाचन सार्ने र नगर्ने बहाना खोज्दैछ। प्रधानमन्त्री सुशिला कार्कीको अभिव्यक्तिले त्यो देखाइरहेको छ। एमालेले त अहिलेको सरकारले चुनाव गराउँदैन भनिरहेका नै थियौं। अहिले हिमपात र मौसमको बहानामा दुई चरणमा गर्ने सरकारले भनिरहेका छन्।'

यस्तै नेकपा एमालेका सचिव महेश बस्नेतले पनि बुधबार एक कार्यक्रममा बाल्दै संसद् पुनर्स्थापना गर्ने/नगर्ने विषयमा सर्वोच्च अदालतले चुनावअघि नै निर्णय गरिसक्नुपर्ने बताएका थिए । 

उनले भनेका थिए- 'आज पनि पेसी चढ्छ भनेर हामीले आस गरेका थियौँ, फेरि सर्‍यो। प्रधानन्यायाधीशलाई लाग्दै नलागेको रोग लागेर गायब हुने, फोन अफ गर्ने र पन्छिने प्रवृत्ति बनेको छ। तर सर्वोच्च अदालत योबाट भाग्न पाउँदैन ।'

यी घटनाक्रमको पृष्ठभूमिमा भएको प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीचको भेटघाटलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

यसअघि पुस २४ गते प्रधानमन्त्री कार्कीसंगको निर्वाचन केन्द्रित छलफलमा ओलीले निर्वाचनको वातावरण बनेको खण्डमा एमाले चुनावबाट नभाग्ने बताएका थिए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077