Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

विदेश पठाउने भन्दै साढे १७ लाख ठगी गर्ने दुईजना पक्राउ

विदेश पठाउने भन्दै साढे १७ लाख ठगी गर्ने दुईजना पक्राउ

शुक्रवार , माघ २३, २०८२

काठमाडौं । रोजगारीका लागि विदेश पठाउने भन्दै साढे १७ लाख रुपैयाँ ठगी गर्ने दुईजना पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा काभ्रेपलान्चोकको पाँचखाल नगरपालिका–३ बस्ने ३५ वर्षीय रुपेश लामिछाने तथा धादिङको खनेबा गाउँपालिका–३ बस्ने ३५ वर्षीय हीरा तामाङ रहेका छन् । 

रोजगारीका लागि अस्ट्रेया र स्लोभाकिया पठाउने भन्दै ठगी गर्ने लामिछाने र तामाङलाई प्रहरीले शुक्रबार सार्वजनिक गरेको हो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ परेकामध्ये लामिछानेले अस्ट्रेलिया पठाउने भन्दै नौ लाख तथा तामाङले स्लोभाकिया पठाउने भन्दै  आठ लाख ५० हजार लिई सम्पर्कविहिन भएका थिए ।

विदेश नपठाई सम्पर्कविहिन भएको भन्ने पीडित पक्षको उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका दुवैजनालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ। 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077