Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

युके पठाइदिने भन्दै ४ करोड ३९ लाख ठगी, दुई जना पक्राउ

युके पठाइदिने भन्दै ४ करोड ३९ लाख ठगी, दुई जना पक्राउ

शनिवार , मंसिर २७, २०८२

काठमाडौं । वैदेशिक रोजगारीका लागी युके पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा ललितपुर महालक्ष्मी नगरपालिका-४ बस्ने काठमाडौं महानगरपालिका- घर भएका ५१ वर्षीय मनोज भन्ने अनुप कुमार सिंह र भक्तपुर मध्यपुर थिमि नगरपालिका-९ बस्ने दोलखा मेलुङ गाउँपालिका-७ घर भएका ५१ वर्षीय नर बहादुर भन्ने लड्डु बहादुर श्रेष्ठ रहेका छन् ।

उनीहरूले युके पठाइदिन्छु भन्दै ४८ जनाबाट ४ करोड ३९ लाख ५१ हजार ५ सय ५८ रुपैयाँ लिई सम्पर्कविहीन भएका थिए ।

सिंह र श्रेष्ठ सम्पर्कविहीन भएपछि पीडितहरूको दिएको उक्त उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई जिल्ला प्रहरी कार्यालय झापाको समन्वयमा झापा मेचीनगर नगरपालिका-१० धुलाबारीबाट पक्राउ गरेको हो ।

उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077