Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

न्युजिल्याण्ड पठाइदिन्छु भन्दै झण्डै २० लाख ठगेर फरार भएका भुजेल र दमाई पक्राउ

न्युजिल्याण्ड पठाइदिन्छु भन्दै झण्डै २० लाख ठगेर फरार भएका भुजेल र दमाई पक्राउ

मंगलवार , माघ २०, २०८२

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाएर न्युजिल्याण्ड र ग्रीस पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–३१ निवासी तथा धादिङ थार्के गाउँपालिका–७ घर भएका २४ वर्षीय अन्जन भुजेल र काठमाडौं महानगरपालिका–२६ निवासी सल्यान वनगाड कुपिण्डे नगरपालिका–४ घर भएका ३१ वर्षीय नविन दमाई रहेका छन्।

प्रहरीका अनुसार अन्जन भुजेलले न्युजिल्याण्ड पठाइदिन्छु भनी ५ जना पीडितबाट १७ लाख १० हजार रुपैयाँ असुलेर सम्पर्कविहीन भएका थिए। त्यस्तै, नविन दमाईले ग्रीस पठाइदिन्छु भन्दै २ जना पीडितबाट २ लाख ६० हजार रुपैयाँ लिई सम्पर्कविहीन बनेको पीडितहरूको उजुरीमा उल्लेख छ।

पीडितहरूको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले अन्जन भुजेललाई काठमाडौं महानगरपालिका–३१ बाट र नविन दमाईलाई काठमाडौं महानगरपालिका–३२ बाट पक्राउ गरेको हो।

पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077