काठमाडौं । वरिष्ठ कलाकार सुनिल थापाको निधन भएको छ ।
कलाकार संघका अध्यक्ष मोहन निरौलाका अनुसार हृदयाघातका कारण आज बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो ।
शंखमुलस्थित एक अपार्टमेन्टमा बस्दै आएका थापा लामो समयदेखि नेपाली चलचित्र क्षेत्रमा सक्रिय रहँदै आएका थिए ।
उनले नेपालीसँगै भारतीय चलचित्र उद्योगमा समेत अभिनयमार्फत आफ्नो पहिचान बनाएका थिए ।
थापाको निधनसँगै नेपाली कला–संस्कृति तथा चलचित्र क्षेत्रले एक अनुभवी र चर्चित कलाकार गुमाएको छ ।