Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रहेनन् वरिष्ठ राजनीतिज्ञ विश्वबन्धु थापा

रहेनन् वरिष्ठ राजनीतिज्ञ विश्वबन्धु थापा

आइतवार , फाल्गुण ३, २०८२

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता तथा पुराना राजनीतिज्ञ विश्वबन्धु थापाको निधन भएको छ ।

वि.सं. २००७ को क्रान्तिका योद्धासमेत रहेका ९८ वर्षीय थापाको उपचारको क्रममा शनिबार साँझ ह्याम्स अस्पतालमा निधन भएको हो ।

थापा आठ दशकदेखि नेपालको राजनीति र प्रजातान्त्रिक आन्दोलनका साक्षीका रूपमा रहँदै आएका थिए ।

तत्कालीन राजा महेन्द्रबाट २०१७ सालमा चालिएको कदमपछि पञ्चायतलाई वैचारिक र सांगठनिक रूपमा नेतृत्व दिएका थापा राष्ट्रिय पञ्चायतका अध्यक्षसमेत भएका थिए ।

उनी नेपाली कांग्रेसको महामन्त्री, तत्कालीन मन्त्रिपरिषद्को उपाध्यक्षसमेत रहेका थिए ।

उनी तात्कालीन राजा महेन्द्रका विश्वासपात्र र नेपाली कांग्रेसका सभापति बीपी कोइरालाका अनुयायी रहेका राप्रपाका नेता कमल थापाले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् । स्वर्गीय थापाको आज अन्त्येष्टि गरिने बताइएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077