Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

वरिष्ठ पत्रकार सुरेश मानन्धरको निधन

वरिष्ठ पत्रकार सुरेश मानन्धरको निधन

मंगलवार , फाल्गुण २६, २०८२

काठमाडौं । वरिष्ठ पत्रकार तथा नेपाल भाषाका अभियन्ता सुरेश किरण मानन्धरको ५९ वर्षको उमेरमा हृदयघातका कारण निधन भएको छ ।

वरिष्ठ पत्रकार राजेन्द्र स्थापितका अनुसार सोमबार काठमाडौंको खुसिबुस्थित एक पार्टी प्यालेसमा आयोजित वैवाहिक समारोहमा सहभागी रहेका बेला मानन्धर अचानक ढलेका थिए । त्यसपछि उनलाई उपचारका लागि अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेका हुन् ।

नेपाल भाषालाई सरकारी मान्यता दिलाउन सञ्चालन भएको आन्दोलनका सक्रिय अगुवा मानन्धर हाल भाषा आयोगका सदस्यका रूपमा कार्यरत थिए। नेपाल भाषा संरक्षण र प्रवर्द्धनमा उनले लामो समयदेखि महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

वरिष्ठ पत्रकार स्थापितका अनुसार मानन्धरको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि बुधबार विजेश्वरीस्थित नेपाल भाषा मंकाः खलको कार्यालयमा राखिनेछ। त्यसपछि नगर परिक्रमा गराएर अन्त्येष्टि गरिने कार्यक्रम रहेको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077