Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

मतदातालाई महामन्त्री पौडेलको आग्रह- तपाईंहरूले खोजे जस्तो परिवर्तन कांग्रेसमा आइसक्यो, मतदान गर्नुस्

मतदातालाई महामन्त्री पौडेलको आग्रह- तपाईंहरूले खोजे जस्तो परिवर्तन कांग्रेसमा आइसक्यो, मतदान गर्नुस्

शनिवार , माघ २४, २०८२

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले आम जनताले खोजेजस्तो आफ्नो पार्टीमा परिवर्तन आएको बताएका छन्।

शनिबार काठमाडौंको क्षेत्र नम्बर ५ मा आयोजित चुनावी सभामा उनले देशलाई रुपान्तरण गर्ने गरी कांग्रेसको नीति र नेतृत्व परिवर्तन भएको उल्लेख गर्दै देशको रुपान्तरण गर्नका लागि आफ्नो पार्टीलाई मतदान गर्न मतदातालाई अपील गरेका हुन्।

उनले भने- ‘तपाईँहरूले खोजेजस्तो कांग्रेस बनेको छ । कांग्रेसमा जुन प्रकारको रुपान्तरण तपाईँहरूले चाहनुभएको थियो, त्यो भइसकेको छ । अब रुपान्तरित कांग्रेसले देशको रुपान्तरण गर्न चाहन्छ । त्यसका लागि मत दिएर बल र तागत प्रदान गर्नुस् ।’

महामन्त्री पौडेलले आम जनताले मत दिएर नेपाली कांग्रेसलाई देश रुपान्तरणका लागि बल प्रदान गर्नुपर्ने उल्लेख गरे।

साथै उनले पार्टीका नेता तथा कार्यकर्तालाई पनि कांग्रेसको पक्षमा जनमत सुदृढ बनाउन केन्द्रित भएर लाग्न आग्रह गरे ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077