Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कांग्रेस महामन्त्री पौडेलको अपिल - संकटमा पार्टीभित्रको विवाद बिर्सिएर एकजुट होऔँ

कांग्रेस महामन्त्री पौडेलको अपिल - संकटमा पार्टीभित्रको विवाद बिर्सिएर एकजुट होऔँ

मंगलवार , चैत्र १७, २०८२

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीका नेता र कार्यकर्तालाई आन्तरिक कलह बिर्सेर एकजुट हुन अपिल गरेका छन् ।

पौडेलले देशका हरेक संकटमा कांग्रेस सधैं एकताबद्ध रहँदै आएको स्मरण गराउँदै विगतमा हासिल गरेका ऐतिहासिक सफलताहरू पनि एकताकै बलमा सम्भव भएको बताए ।

उनले सामाजिक सञ्जालमार्फत जारी सन्देशमा भनेका छन्, 'अहिलेको प्रतिकूलतामा पनि हामी छिन्नभिन्न भएर बिग्रनु हुँदैन। म पार्टी महामन्त्री मात्र नभई एक इमान्दार कार्यकर्ताका रूपमा भन्दैछु, हामी सबै एकजुट होऔँ।'

पौडेलले एकतामा नै शक्ति रहेको उल्लेख गर्दै यसैको बलमा कांग्रेसले फेरि उज्यालो भविष्य निर्माण गर्न सक्ने विश्वास व्यक्त गरेका छन् ।

उनले सबै नेता र कार्यकर्तालाई पार्टी हितका लागि आन्तरिक विवाद अन्त्य गरी एकताबद्ध भएर अघि बढ्न आग्रह गरेका छन्।

यो अपिल कांग्रेसको संस्थापनइतर समूह (शेरबहादुर देउवा र शेखर कोइराला) नेतृत्वको केन्द्रीय कार्यसमिति बैठकअघि आएको हो।

बैठक आज ११ बजे तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्का को अध्यक्षतामा धुम्बाराहीमा बस्दैछ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077