Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

फागुन २१ मा मौसम पनि साथ दिनेछ, ढुक्क भएर मतदान गर्नुस् : गृहमन्त्री अर्याल

फागुन २१ मा मौसम पनि साथ दिनेछ, ढुक्क भएर मतदान गर्नुस् : गृहमन्त्री अर्याल

शनिवार , माघ २४, २०८२

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी देशभर सुदृढ सुरक्षा व्यवस्था मिलाइएको बताएका छन् ।

निर्वाचन सुरक्षा र आचारसंहिता कार्यान्वयनको अवस्थाबारे मुख्य निर्वाचन अधिकृतको कार्यालयमा जानकारी लिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको स्पष्ट पारेका हुन् ।

गृहमन्त्री अर्यालले वर्तमान सरकारको प्रमुख दायित्व नै निर्वाचन सम्पन्न गराउनु भएकाले शान्तिपूर्ण वातावरणमा मतदान प्रक्रिया सम्पन्न गर्नेमा सरकारको ध्यान केन्द्रित रहेको बताए।

उनले मतदातालाई निर्भीक भएर मतदानमा सहभागी हुन आग्रह गर्दै देशभर निर्वाचनको वातावरण तयार भइसकेको दाबी गरे।

'वर्तमान सरकारको प्रमुख दायित्व चुनाव गराउनु हो। हाम्रो ध्यान शान्तिपूर्ण वातावरणमा चुनाव सम्पन्न गर्नेमा केन्द्रित छ। मतदातालाई निर्भीक भएर मतदानमा सहभागी हुन अनुरोध छ,' उनले भने।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077