Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

हङकङमा अब घरमै बसेर रोजगारी खोज्न सकिने, नेपाली व्यवसायीले सञ्चालनमा ल्याए 'जबलिंक कनेक्ट' !

हङकङमा अब घरमै बसेर रोजगारी खोज्न सकिने, नेपाली व्यवसायीले सञ्चालनमा ल्याए 'जबलिंक कनेक्ट' !

सोमवार , माघ २६, २०८२

हङकङ । हङकङमा नेपाली समुदायका व्यवसायीहरुले 'जबलिंक कनेक्ट' मोबाइल एपको बेटा संस्करण आजबाट सञ्चालनमा ल्याएका छन् ।

गोर्खाज् फाइनान्स लिमिटेडका अध्यक्षसमेत रहेका डिके दाहालसहितका व्यवसायीहरुले यो एप सञ्चालनमा ल्याएका हुन् ।

यो एप सम्भवतः हङकङमा नेपाली समुदायका व्यवसायीद्वारा तयार गरिएको पहिलो रोजगारसम्बन्धी मोबाइल एप हो ।

जबलिंक कनेक्ट एपको विचार CUHK EMBA को MIT Hong Kong Innovation Node अन्तर्गत Think Like an Innovator पाठ्यक्रमको अध्ययनको क्रममा परिष्कृत गरिएको छ ।

यसले २०१४ मा डिके दाहालले Viber र Facebook मा सुरु गरेको “कन्स्ट्रक्सन ग्रुप” को डिजिटल संस्करणको रूपमा काम गर्नेछ।

एपले ब्लूकलर कामदारहरूलाई घरमै बसेर आफ्नो सिप र दक्षता अनुसार रोजगारी खोज्ने अवसर प्रदान गर्दछ भने रोजगारदाताले पनि सजिलै कामदार भेट्टाउन सक्नेछन् ।

एप मोबाइल-फ्रेन्डली डिजाइन गरिएको छ र विशेष गरी निर्माण, खाद्य तथा पेय पदार्थ, डोमेस्टिक हेल्पर, सुरक्षा, ड्राइभर, निर्माण र उत्पादन, यातायात र रसद, मर्मत, हेल्थकेयर सपोर्ट जस्ता क्षेत्रमा काम गर्नेहरूलाई लक्षित बनाइएको संस्थापक दाहालले बताए । 

संस्थापक दाहालले भने, 'हङकङमा कामको हाहाकार छ र धेरै नेपालीहरू बेरोजगार छन् । JobLink Connect एपले हाम्रो समुदायलाई सशक्त बनाउन ठूलो भूमिका खेल्नेछ।'

एप हङकङमा सुरुवात भएपश्चात्, नेपाल लगायत विश्वभर विस्तार गर्ने योजना रहेको पनि संस्थापक दाहालले जानकारी दिए । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077