Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

हङकङमा चौकीभित्रै इन्स्पेक्टर मृत फेला

हङकङमा चौकीभित्रै इन्स्पेक्टर मृत फेला

बुधवार , फाल्गुण १३, २०८२

एजेन्सी । हङकङको क्वुनतोङस्थित प्रहरी चौकीभित्र २३ वर्षीया प्रहरी निरीक्षक मृत फेला परेकी छन् ।

प्रहरी स्रोतलाई उद्धृत गर्दै साउथ चाइना मर्निङ पोस्टले जनाएअनुसार बुधबार बिहान करिब ७ः४५ बजे चौकीको लोडिङ–अनलोडिङ क्षेत्रमा उनले आफैंमाथि गोली प्रहार गरेकी थिइन् ।

जिल्लाको गस्ती उपइकाइमा कार्यरत ती निरीक्षकले गत सेप्टेम्बरमा मात्र तालिम पूरा गरेकी थिइन् ।

घटनापछि तत्काल उद्धार प्रयास गरिए पनि उनलाई बचाउन नसकिएको बताइएको छ। घटनाको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रारम्भिक अनुसन्धान जारी रहेको र घटनासम्बन्धी सबै कोणबाट छानबिन भइरहेको अधिकारीहरूले बताएका छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077