Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बालेन लक्षित ओलीको टिप्पणी: आफ्नै जिल्लामा कसैले पत्याउने स्थिति छैन, त्यसैले अर्कै क्षेत्र खोज्दै हिँडे

बालेन लक्षित ओलीको टिप्पणी: आफ्नै जिल्लामा कसैले पत्याउने स्थिति छैन, त्यसैले अर्कै क्षेत्र खोज्दै हिँडे

मंगलवार , माघ २७, २०८२

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रास्वपाका वरिष्ठ नेता बालेन साहप्रति लक्षित गर्दै आफ्नै क्षेत्रमा विश्वास गुमाएका नेताहरू नयाँ क्षेत्रको खोजीमा आउने गरेको टिप्पणी गरेका छन्।

झापाको गौरीगञ्जमा आयोजित एक कार्यक्रममा आफ्नो राजनीतिक यात्रा र विकासका कामहरूको स्मरण गर्दै उनले आफ्नो क्षेत्रमा विश्वास गुमाएकाहरु नयाँ ठाउँ चहार्दै हिँडेको बताएका हुन् । 

उनले भने- 'अहिले म केही भन्न धेरै चाहन्न। हामीले थाहा पाउनुपर्छ आफ्नै जिल्लाबाट कोही मान्छे किन चुनाव लड्दैन ? आफ्नै जिल्लामा कसैले पत्याउने स्थिति छैन। त्यहाँ ढाँट्न सकिँदैन। काठमाडौंमा जितिसकेको मान्छेले त्यहाँबाटै किन आँट गर्दैन फेरि लड्न ? किन यहाँ आउँछ ? यो साथीहरूले बुझ्नुभएको छ, दाजुभाइ दिदीबहिनीहरूले बुझ्नुभएको छ।'

काठमाडौंमा जितिसकेको मान्छेले त्यहाँबाटै लड्ने किन आँट नगरेको ? उनको प्रश्न छ । आफूले काम गर्न नसकेपछि अरु नयाँ ठाउँमा जानुपर्ने बाध्यता आइलागेको बताए ।

साथै उनले गौरीगन्ज क्षेत्रमा भएको कायापलटको चर्चा गर्दै विगतको गौरीगञ्ज र वर्तमानको ‘सेल्फी रोड’ बनेको गौरीगञ्जमा आकाश–जमिनको फरक रहेको बताए । विकासका पूर्वाधारबारे चर्चा गर्दै अध्यक्ष ओलीले हुलाकी राजमार्ग आफ्नै पहलकाकारण सफल भएको बताए । उनकाअनुसार कन्काईको एउटा पुल बाहेक अधिकांश काम सम्पन्न भइसकेको र रतुवा र कमला नदीका पुलमा देखिएका प्राविधिक समस्या समाधानको चरणमा रहेको छ ।

सामाजिक सुरक्षाका क्षेत्रमा आफ्नै नेतृत्वको सरकारले महत्वपूर्ण योगदान गरेको चर्चा गर्दै उनले ज्येष्ठ नागरिक भत्ता ४ हजार पुर्याएको दाबी गरे । यद्यपि वर्तमान आर्थिक अवस्था र पटक–पटकको सरकार परिवर्तनका कारण भत्ता बढाउन नसकिएकोमा उनले दुःख व्यक्त गरे ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077