Jul 20 2026 | २०८३, श्रावण ४ गते

20 Jul 2026 | सोमवार, श्रावण ४ गते २०८३

सोमवार, श्रावण ४ गते २०८३
images
images

कलाकार राजनीतिमा लाग्नु गलत, म कलाकारितामै भूमिका निभाउँछु : निखिल उप्रेती

कलाकार राजनीतिमा लाग्नु गलत, म कलाकारितामै भूमिका निभाउँछु : निखिल उप्रेती

मंगलवार , माघ २७, २०८२

काठमाडौं । अभिनेता निखिल उप्रेतीले आफू राजनीतिमा नगई कलाकारितामार्फत नै आफ्नो भूमिका निर्वाह गर्ने स्पष्ट पारेका छन् ।

मंगलबार काठमाडौंस्थित बङ्गलामुखी मन्दिरमा चलचित्र ‘कस्तुरी’को निर्माण घोषणा गर्न आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरूको जिज्ञासामा प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन् ।

उनले पछिल्लो समय विभिन्न क्षेत्रका सफल व्यक्तिलाई राजनीतिमा आउनुपर्ने भन्ने धारणा गलत भएको बताए ।

अभिनेता उप्रेतीले हरेक व्यक्ति आफ्नो दक्षता भएको क्षेत्रमा रहेरै देशको विकासमा योगदान दिनुपर्नेमा जोड दिए ।

उनले भने,'पछिल्लो समय विधागत रूपमा अब्बल देखिएका मानिसलाई राजनीतिज्ञ हुनुपर्छ, मन्त्री हुनुपर्छ भन्ने पनि गरिन्छ, त्यो नै गलत हो। हामी जहाँ छौँ, त्यहीँ रहेर देश विकासमा योगदान दिनुपर्छ।'

दर्शकले आफूलाई कलाकारका रूपमा रुचाएको भन्दै उप्रेतीले कलाकारितामै रमाएर काम गर्ने बताए ।

'मलाई दर्शकले कलाकारका रूपमा रुचाउनुभएको छ, त्यसैले म कलाकारिता क्षेत्रमै रमाउँछु,' उनले भने।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077