Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राष्ट्रपति पौडेलले भने- भ्रष्टाचार कानुन उल्लङ्घन मात्र होइन, नागरिकका सपनामाथि गरिने गहिरो आघात हो

राष्ट्रपति पौडेलले भने- भ्रष्टाचार कानुन उल्लङ्घन मात्र होइन, नागरिकका सपनामाथि गरिने गहिरो आघात हो

बुधवार , माघ २८, २०८२

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भ्रष्टाचार नियन्त्रणलाई विकास र समृद्धिको अनिवार्य सर्तको रूपमा औँल्याएका छन् । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५औँ स्थापना दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले सुशासन र पारदर्शिता बिना लोकतन्त्रको प्रतिफल जनताको घरदैलोमा पुर्‍याउन नसकिने बताए। 

राष्ट्रपतिले भने- 'अख्तियार दुरुपयोग केवल कानुन उल्लङ्घन मात्र होइन, यो नागरिकको आस्था, विश्वास र भविष्यका सपनामाथि गरिने गहिरो आघात हो । सार्वजनिक शक्तिको दुरुपयोगले राज्य र नागरिकबिचको भरोसा कमजोर बनाउँछ र शासन प्रणालीप्रति निराशा जन्माउँछ ।'

उनले आयोगलाई कसैको दबाब वा प्रभावमा नपरी निष्पक्ष र प्रभावकारी ढंगले काम गर्न आग्रह गर्दै सबैको साझा दायित्व रहेको बताए । 

राष्ट्रपतिले पौडेलले भने- 'भ्रष्टाचार विरुद्धको संघर्ष कुनै एक संस्थाको मात्र जिम्मेवारी होइन, यो राज्यका सबै अङ्ग, राजनीतिक नेतृत्व, कर्मचारीतन्त्र र नागरिक समाजको संयुक्त प्रतिबद्धताबाट मात्र सफल हुन सक्छ ।'

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077