Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मधेश यात्रापछि बालेन शाह काठमाडौं फर्किए

मधेश यात्रापछि बालेन शाह काठमाडौं फर्किए

बुधवार , माघ २८, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह मधेश यात्रा सम्पन्न गरी काठमाडौं फर्किएका छन् ।

मंगलबार सडक मार्ग हुँदै सप्तरीबाट मधेश प्रवेश यात्रा सुरु गरेका शाह सिमरा विमानस्थलबाट साँझ ५ बजेको बुद्ध एयरको उडानमार्फत काठमाडौं फर्किएका हुन् ।

बालेन शाहको मधेश भ्रमण रोडशो र जनभेटघाटमा केन्द्रित रहेको बताइएको छ । उनी सप्तरी, धनुषा र सर्लाही हुँदै बारा पुगेका थिए ।

भ्रमणका क्रममा राजमार्गका विभिन्न चोक तथा बजार क्षेत्रमा उनलाई हेर्न र तस्बिर खिचाउन समर्थकहरूको उल्लेख्य उपस्थिति देखिएको थियो । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077