Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

फेवातालमा कार खस्दा एक जनाको मृत्यु

फेवातालमा कार खस्दा एक जनाको मृत्यु

शनिवार , फाल्गुण २, २०८२

काठमाडौं । पोखराको फेवातालमा कार डुब्दा एकजनाको मृत्यु भएको छ ।

गएराति २ बजे पोखरा महानगरपालिका–६ पामेस्थित फेवातालमा कार खस्दा स्याङ्जा फेदीखोला गाउँपालिका–५ का २४ वर्षीय अदित गुरुङको मृत्यु भएको हो । 

सशस्त्र प्रहरीको गोताखोरसहितको टोलीले उद्धार गरी अचेत अवस्थामा अस्पताल पुर्‍याए पनि चिकित्कसले मृत घोषणा गरेका थिए । 

गुरुङले चलाइरहेको बीएए १५८२ नम्बरको कार फेवातालमा खसेको थियो । उक्त कार क्रेनको सहायताले घटनास्थलबाट बाहिर निकालिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077