Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

दक्षिणकालीमा भिरबाट कार खस्यो, एक जनाको मृत्यु

दक्षिणकालीमा भिरबाट कार खस्यो, एक जनाको मृत्यु

आइतवार , चैत्र २९, २०८२

काठमाडौं । दक्षिणकाली नगरपालिका–९ रानीमडाँडामा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । 

हेटौंडाबाट काठमाडौंतर्फ आउँदै गरेको बीएबी ५२८१ नम्बरको कारकार रानीमडाँडामा भिरबाट खस्दा एक जनाको ज्यान गएको छ ।  

दुर्घटनामा परी ३४ वर्षीय सुरज खड्काको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाबारे थप विवरण आउन बाँकी छ । 

पहाडी खण्डको घुम्ती र अप्ठ्यारो सडकका कारण कार अनियन्त्रित भई भिरबाट खसेको हो। सडकबाट झन्डै ७ सय मिटर तल खसेका कारण कार पूर्ण रूपमा क्षतिग्रस्त भएको छ।

घटनास्थलमा पुगेको प्रहरी टोलीले मृतकको शव गाडीबाट बाहिर निकालेको छ, पोस्टमार्टमका लागि अस्पताल पठाउने तयारी गरिरहेछ।

भिर निकै भिरालो र गहिरो भएका कारण दुर्घटनाग्रस्त कार निकाल्न सुरक्षाकर्मीलाई हम्मेहम्मे परिरहेछ। भिर अप्ठ्यारो भएकाले कार निकाल्न कठिन भइरहेको इलाका प्रहरी कार्यालय फर्पिङले जनाएको छ ।

चैतको अन्तिम साता काठमाडौं भित्रिने र बाहिरिने सवारीको चाप बढिरहँदा भएको यो दुर्घटनाले दक्षिणकाली, फर्पिङ, रानीमडाँडा क्षेत्रका स्थानीयलाई समेत स्तब्ध बनाएको छ।

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077