Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते

जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते

शनिवार , बैशाख ५, २०८३

नवलपुर। नवलपरासीको देवचुली नगरपालिका–१६ फारमस्थित पूर्व–पश्चिम राजमार्गमा जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते भएका छन् ।

घाइते हुनेमा कार चालक रुपन्देहीको बुटवल उपमहानगरपालिका–११ का ३४ वर्षीय सागर ज्ञवाली, उनकी श्रीमती ३१ वर्षीया अन्सु पौडेल, छोरा तीन वर्षीय आयान ज्ञवाली, नौ महिनाका वेदाक्ष ज्ञवाली र आमा ५६ वर्षीया कमला ज्ञवाली रहेकी छन् ।

आज दिउँसो खोलाबाट रजहरतर्फ जाँदै गरेको ‘अनटेस्ट’ जेसिबीसँग सोही दिशाबाट नारायणगढबाट बुटवलतर्फ जाँदै गरेको बा १८ च ३३२३ नम्बरको कार ठोक्किँदा उक्त दुर्घटना भएको हो ।

कारले मोटरसाइकललाई जोगाउन खोज्दा जेसिबीमा ठोक्किएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक युवराज खड्काले जानकारी दिए ।

घाइते पाँचै जनालाई उपचारका लागि नयाँ मेडिकल कलेज चितवन पठाइएको छ ।

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077