Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कमल थापाले भने- नेपाली कांग्रेस पनि वामपन्थी विचार र शक्तिको संवाहक हो

कमल थापाले भने- नेपाली कांग्रेस पनि वामपन्थी विचार र शक्तिको संवाहक हो

शनिवार , फाल्गुण २, २०८२

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता एवं पूर्वउपप्रधानमन्त्री कमल थापाले नेपाली कांग्रेस पनि वामपन्थी विचार र शक्तिको संवाहक रहेको बताएका छन्।

शनिबार काठमाडौं आयोजित एक कार्यक्रममा उनले लामो समयदेखि नेपालको राष्ट्रिय राजनीतिमा बामपन्थी विचार र शक्तिहरुको वर्चश्व रहेको र कांग्रेस पनि त्यसको संवाहक रहेको बताएका हुन्।

‘नेपालको राष्ट्रिय राजनीतिमा मूलतः बामपन्थी विचार र शक्तिहरुकै वर्चश्व रह्यो। मैले नेपाली काँग्रेसलाई पनि वामपन्थी विचार र शक्तिको संवाहकको रुपमा लिएको छु’, उनले भने।

उनले नेपाली समाजमा वैदिक मूल्य, मान्यता र परम्पराले जरो गाँडेर बसेको भएपनि त्यसको विपरित साम्यवाद, माक्र्सवाद र समाजले डोहोर्‍याउने काम भएकाले मुलुकमा बिडम्वनापूर्ण अवस्था आएको जिकिर समेत गरे।

नेता थापाले मुलुकलाई सही बाटोमा अघि बढाउन हिन्दु राष्ट्रसहितको राजसंस्थाको अपरिहार्य आवश्यकता रहेको समेत बताए । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077