काठमाडौं । राप्रपाका नेता कमल थापाले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई सरकारले गरेको गिरफ्तारप्रति आपत्ति जनाएका छन् ।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै थापाले बालेन्द्र शाह नेतृत्वको सरकार निषेध, प्रतिशोध र पूर्वाग्रहको बाटोमा अघि बढिरहेको आरोप लगाएका छन्।
उनले वर्तमान परिस्थितिमा द्वन्द्व र मुठभेड कसैको प्राथमिकतामा पर्न नहुने उल्लेख गर्दै देशलाई सुशासन र आर्थिक समृद्धिको दिशामा लैजान कानूनी राज्यको पालना अनिवार्य भएको बताएका छन्।
थापाले आफ्नो वक्तव्यमा भनेका छन्,'सुशासन र आर्थिक समृद्धिको लक्ष्यसहित गठन भएको बालेन सरकार निषेध, प्रतिशोध र पूर्वाग्रहको बाटोमा लागेको देखिन्छ। वर्तमान समयमा द्वन्द्व र मुठभेड कसैको प्राथमिकता हुनु हुँदैन।'
उनले वास्तविक प्रगतिको आधार आपसी मेलमिलाप, एकता र विधिको शासन भएको स्पष्ट पारे ।