Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

झाँक्रीको बालेनमाथि कटाक्ष - औसत र्‍यापर र सी–डी ग्रेड इन्जिनियर प्रधानमन्त्री बन्ने सपना देख्दैछन्

झाँक्रीको बालेनमाथि कटाक्ष - औसत र्‍यापर र सी–डी ग्रेड इन्जिनियर प्रधानमन्त्री बन्ने सपना देख्दैछन्

शनिवार , फाल्गुण २, २०८२

सुनसरी । नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहको राजनीतिक महत्वाकांक्षा र कार्यशैलीप्रति कडा टिप्पणी गरेकी छन्।

सुनसरीको बराहक्षेत्र नगर संगठन कमिटीले आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै झाँक्रीले बालेन शाहलाई लक्षित गर्दै उनी नीतिगत र संस्थागत राजनीतिबारे अनभिज्ञ रहेको आरोप लगाइन्।

झाँक्रीले शाहको शैक्षिक योग्यता र पेशागत पृष्ठभूमि नै प्रश्न उठाउँदै उनलाई केवल ‘औसत र्‍यापर’ र ‘औसत इन्जिनियर’ भनेर कटाक्ष गरिन्।

उनले भनिन्,‘एउटा औसत र्‍यापर, जसका चर्चित गीत पनि छैनन् र सी वा डी ग्रेडमा इन्जिनियरिङ पास गरेका व्यक्ति, जो लोकसेवामा नाम निकाल्न सक्दैनन्, उनी कसरी रातारात देशको प्रधानमन्त्रीको उम्मेदवार बन्न सक्छन् ?’‘सार्वजनिक बहसबाट भाग्ने मान्छे कसरी मसिहा बन्न सक्छ ?’

नेतृ झाँक्रीले बालेन शाहको कार्यशैलीप्रति पनि तीखो प्रहार गर्दै उनी सार्वजनिक बहस र सञ्चारमाध्यमसँग सामना गर्न नसक्ने व्यक्तिका रूपमा प्रस्तुत गरिन्।

उनले प्रश्न गर्दै भनिन्,‘जसले आँखामा आँखा जुधाएर कुरा गर्न सक्दैन, जो सार्वजनिक बहसबाट भाग्छ र एउटा सञ्चारमाध्यमलाई फेस गर्न सक्दैन, ऊ फेसबुकको दुई लाइन स्टाटसको भरमा कसरी मसिहा हुन सक्छ ?’

झाँक्रीले बालेन शाहले विगतमा सिंहदरबार जलाउने धम्की दिएको विषय उठाउँदै राज्यको तलब–भत्ता खाने जिम्मेवार व्यक्तिबाट यस्तो गैरजिम्मेवार अभिव्यक्ति आउनु लोकतन्त्र र संस्थागत राजनीतिका लागि खतरनाक भएको दाबी गरिन्।

उनले भनिन्,‘सिंहदरबारको फोहोर नउठाउने र सिंहदरबार जलाउँछु भन्ने मान्छेलाई हामीले कसरी प्रधानमन्त्रीको रूपमा स्विकार्न सक्छौँ ? यो संस्थागत राजनीतिमाथिको प्रहार हो।’

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077