Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

झापाको कन्काई पुलमा भेटिएको 'बम' नक्कली

झापाको कन्काई पुलमा भेटिएको 'बम' नक्कली

मंगलवार , फाल्गुण ५, २०८२

झापा । झापाको शिवसताक्षी नगरपालिका–१० स्थित माईधारको कन्काई पुलमा आज बिहान फेला परेको शंकास्पद वस्तु नक्कली बम भएको पुष्टि भएको छ।

नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थलमा पुगेर प्रारम्भिक जाँच तथा डिस्पोज गर्ने तयारीका क्रममा उक्त वस्तु विस्फोटक नभई परालको डल्लो रहेको पुष्टि गरेको हो ।

प्रहरीका अनुसार पराललाई डल्लो बनाएर तारले बेरेको र बाहिरी भागमा ‘नेपाल बन्द होसियार’ लेखिएको कागज राखी ढुंगाले थिचेर पुलको बीच भागमा राखिएको अवस्थामा उक्त वस्तु फेला परेको थियो।

बम भएको आशंकामा बिहानैदेखि पूर्वपश्चिम राजमार्गको सो खण्डमा सवारी आवागमन पूर्ण रूपमा रोकिएको थियो।

घटनापछि नेपाली सेना र नेपाल प्रहरीको संयुक्त टोलीले शंकास्पद वस्तु हटाएपछि राजमार्गमा यातायात सेवा पुनः सञ्चालनमा आएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077