Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

राष्ट्रियसभा अध्यक्ष दाहाल भन्छन् - पर्वले समुदायबीच सम्बन्ध मजबुत बनाउँछ

राष्ट्रियसभा अध्यक्ष दाहाल भन्छन् - पर्वले समुदायबीच सम्बन्ध मजबुत बनाउँछ

बुधवार , फाल्गुण ६, २०८२

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले पर्वले विविध जातजाति र समुदायका बीचमा सामाजिक, सांस्कृतिक सद्भाव एवं सम्बन्ध मजबुत बनाउन भूमिका खेल्नेमा विश्वास व्यक्त गेका छन् ।

ग्याल्पो ल्होसारको अवसरमा आज शुभकामना व्यक्त गर्दै उनले समस्त नेपाली आमाबुवा, दिदीबहिनी, दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि एवं प्रगतिको हार्दिक शुभकामना व्यक्त गरेका छन्।

नेपालको हिमाली भेगमा आदिमकालदेखि बसोबास गर्दै आएका शेर्पा समुदायको मौलिक भाषा, लिपी, संस्कृति, रीतिरिवाज, भेषभुषासहितको विशिष्ट पहिचान रहेको उल्लेख गर्दै उनले शेर्पा समुदायले नयाँ वर्षको रूपमा मनाउने ग्याल्पो ल्होसार प्राचीन उत्पादन पद्धतिमा आधारित मौलिक एवं ऐतिहासिक पर्व भएको बताए।

नेपाली जनताको महान त्याग र बलिदानबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानले विविधतामा आधारित राष्ट्रिय एकता र पहिचानलाई संस्थागत गर्दै बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषता एवं भौगोलिक विविधतासहितको एकतत्वलाई स्वीकार गरेको उल्लेख गर्दै अध्यक्ष दाहालले यस प्रकारका पर्वहरूले विभिन्न जाति एवं समुदायका धार्मिक तथा सांस्कृतिक आस्थालाई सम्मान गर्दै विभिन्न सभ्यता, भाषा, कला, संस्कृति, लिपी, भेषभुषा र सांस्कृतिक सम्पदाको संरक्षणमा योगदान दिएको बताए।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077