Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

होलीको शुभकामना दिँदै राष्ट्रियसभा अध्यक्षले भने — सद्भाव र राष्ट्रिय एकता सुदृढ गरौँ

होलीको शुभकामना दिँदै राष्ट्रियसभा अध्यक्षले भने — सद्भाव र राष्ट्रिय एकता सुदृढ गरौँ

सोमवार , फाल्गुण १८, २०८२

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले विविधतासहितको एकतामा आधारित नेपाली समाज र संस्कृति विश्वकै लागि अनुकरणीय र प्रेरणादायी रहेको बताएका छन् ।

फागुपूर्णिमा (होली) का अवसरमा शुभकामना सन्देश जारी गर्दै अध्यक्ष दाहालले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक तथा बहुधार्मिक विशेषतामा आधारित हाम्रो देश, समाज र संस्कृतिलाई अझ समुन्नत बनाउँदै राष्ट्रिय एकता र सद्भाव सुदृढ गर्नु सबैको साझा दायित्व भएको उल्लेख गरेका छन्।

'यस पर्वले हामी सबैलाई आपसी सद्भाव, भ्रातृत्व तथा विविध रङ्गको मिश्रणजस्तै एकताबद्ध भई अघि बढ्न प्रेरणा दिनेछ भन्ने विश्वास लिएको छु,' सन्देशमा उनले उल्लेख गरेका छन्।

अध्यक्ष दाहालले फागुपूर्णिमा नेपाली समाजमा मनाइने सांस्कृतिक तथा ऐतिहासिक महत्वका प्रमुख पर्वहरूमध्ये एक भएको स्पष्ट पार्दै पूर्वीय सभ्यता, दर्शन, चिन्तन परम्परा र मौलिक संस्कृतिका दृष्टिले नेपाल अत्यन्त समृद्ध रहेको बताएका छन्।

देश प्रतिनिधिसभा सदस्य निर्वाचनको सङ्घारमा रहेको उल्लेख गर्दै उनले गत भदौमा भएको जेनजी आन्दोलनपछिको परिस्थितिमा फागुन २१ गते हुन गइरहेको निर्वाचनलाई लोकतान्त्रिक प्रक्रियाको महत्वपूर्ण चरणका रूपमा चित्रण गरेका छन्।

होली पर्वमा झल्किने सद्भाव, भ्रातृत्व र उत्साहजस्तै निर्वाचनलाई पनि उत्सवका रूपमा सफल बनाउन सबै पक्षबाट इमान्दार र सकारात्मक पहल हुने विश्वास व्यक्त गरेका छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077