Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

विश्वभर देखिएको युट्युब समस्या समाधान, सेवा पुनः सामान्य

विश्वभर देखिएको युट्युब समस्या समाधान, सेवा पुनः सामान्य

बुधवार , फाल्गुण ६, २०८२

काठमाडौं । नेपालसहित विश्वव्यापी रूपमा युट्युबमा देखिएको प्राविधिक समस्या समाधान भएको छ । बुधबार बिहान युट्युबमा आएको ठूलो अवरोधका कारण विश्वभरका लाखौँ प्रयोगकर्ताहरू प्रभावित भएका थिए ।

अवरोधका कारण प्रयोगकर्ताहरूले भिडियो लोड नहुने, गृहपृष्ठ खाली देखिने, साथै युट्युबका मुख्य सुविधाहरू प्रयोग गर्न नसक्ने समस्या भोगेका थिए। यसले युट्युब म्युजिक र युट्युब किड्स जस्ता सेवामा पनि व्यापक असर पारेको थियो।

समस्या देखिएपछि गुगलको मातहत रहेको युट्युबले सामाजिक सञ्जाल एक्समार्फत जानकारी दिँदै भनेको थियो, ‘हाम्रो सिफारिस प्रणालीमा भएको समस्याले गर्दा भिडियोहरू युट्युबका सतहहरूमा (गृहपृष्ठ, युट्युब एप, युट्युब म्युजिक र युट्युब किड्ससहित) देखा पर्न सकेनन्। गृहपृष्ठ फिर्ता आएको छ। तर हामी अझै पनि पूर्ण समाधानमा काम गरिरहेका छौँ।’

समस्यापछि सामाजिक सञ्जाल तथा अनलाइन प्लेटफर्महरूमा गुनासोहरू तीव्र रूपमा बढेका थिए । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077