Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सहारा क्लब ‘आहा रारा पोखरा गोल्डकप’को फाइनलमा

सहारा क्लब ‘आहा रारा पोखरा गोल्डकप’को फाइनलमा

बुधवार , फाल्गुण ६, २०८२

काठमाडौं । आयोजक सहारा क्लब पोखरामा जारी राष्ट्रिय तथा अन्तरराष्ट्रिय आमन्त्रित आहा रारा पोखरा गोल्डकपको फाइनलमा पुगेको छ ।

पोखरा रङ्गशालामा आज सम्पन्न पहिलो सेमिफाइनल खेलमा छ पटकका च्याम्पियन टोली मनाङ मर्स्याङ्दी क्लबलाई ‘सडन डेथ’मा पराजित गर्दै सहारा फाइनलमा पुगेको हो ।

खेलको नियमित ९० मिनेट र अतिरिक्त ३० मिनेटको समयमा समेत दुबै टोलीबाट गोल हुन नसकेपछि खेल ट्राइब्रेकरमा पुगेको थियो । पेनाल्टी सुटआउटमा पाँचरपाँच गोल भएपछि खेल सडन डेथमा पुग्यो । 

मनाङका कप्तान सविन श्रेष्ठको प्रहार सहाराका गोलकिपर टिकेन्द्र थापाले रोकेपछि सहारा नौ वर्षपछि आहा राराको फाइनलमा पुग्न सफल भएको हो। ट्राइब्रेकरमा सहाराका कप्तान सुशील लामा, विक्की चामलिङ राई, आशिष गुरुङ, मुकुन्दकुमार न्यूरे, शिसश थापा, विनय तामाङ र प्रशन्न श्रेष्ठले गोल गरे।

यसैगरी मनाङका अशिष श्रेष्ठ, गिदोन नोआ क्यारेमेह, रोनिश राजवक, दीपेश गुरुङ, ज्ञानबहादुर पुलामी र नवराज गुरुङले गोल गरे ।  

प्रतियोगिताको दोस्रो सेमिफाइनलको खेलमा बिहीबार जावलाखेल युथ क्लब र पाहुना टोली उज्वेकिस्तानको आभा फुटबल क्लबकाबीच फाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुने आयोजक सहारा क्लबले जनाएको छ। 

गत माघ २७ गतेदेखि सुरु भएको प्रतियोगिताको फाइनल खेल यही फागुन ९ गते शनिबार हुनेछ। 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077