Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

सर्लाहीमा पेस्तोल पड्किँदा १५ वर्षीय बालक घाइते

सर्लाहीमा पेस्तोल पड्किँदा १५ वर्षीय बालक घाइते

बिहिवार , फाल्गुण ७, २०८२

सर्लाही । सर्लाहीमा पेस्तोल पड्किँदा एक बालक घाइते भएका छन् ।

जिल्लाको मलंगवा नगरपालिका–४ को ढाँका बोर्डर टोलमा बिहीबार दिउँसो पेस्तोल पड्किँदा १५ वर्षीय आकाश राम घाइते भएका हुन् ।

आकाशले घर नजिकै निर्माणाधीन हनुमान मन्दिरभित्र परिसरमा खेलिरहेको बेला कपडाले बेरिएको अवस्थामा पेस्तोल फेला पारेका थिए । 

नक्कली ठानेर चलाउने क्रममा पेस्तोल अचानक पड्किँदा गोली आकाशको दाहिने हातमा लागेको थियो । त्यसपछि आकाशलाई उपचारका लागि तत्काल प्रादेशिक अस्पताल लगिएको थियो । 

प्रादेशिक अस्पताल मलंगवामा उपचारत आकाशको अवस्था मध्यम रहेको अस्पतालका चिकित्सकले बताएका छन् ।

घटनास्थलबाट एक थान पेस्तोल बरामद गरेको र पेस्तोलमा पड्किएको खोका अड्किएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । साथै घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077