Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

दक्षिण कोरियाका पूर्वराष्ट्रपतिलाई जन्मकैदको सजाय

दक्षिण कोरियाका पूर्वराष्ट्रपतिलाई जन्मकैदको सजाय

बिहिवार , फाल्गुण ७, २०८२

काठमाडौं । दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन सुक यिओललाई अदालतले जन्मकैदको सजाय सुनाएको छ।

अदालतले उनलाई सन् २०२४ मा ‘मार्शल ल’ घोषणा गर्दै देशलाई संवैधानिक संकटतर्फ धकेलेको तथा विद्रोहको नेतृत्व गरेको आरोपमा दोषी ठहर गरेको हो।

६५ वर्षीय यिओलमाथि मार्शल ल घोषणासँग सम्बन्धित विभिन्न आपराधिक अभियोगमा गत अप्रिलदेखि मुद्दा चलिरहेको थियो।

सियोल सेन्ट्रल डिस्ट्रिक्ट कोर्टका न्यायाधीशहरूले बिहीबार सबैभन्दा गम्भीर आरोप ‘विद्रोहको नाइके’ भएको मुद्दामा फैसला सुनाउँदै उनलाई आजीवन कारावासको सजाय सुनाएका हुन्। अभियोजन पक्षले भने युनका लागि मृत्युदण्डको माग गरेको थियो।

मुख्य न्यायाधीश जी क्वी–यिओनले फैसला सुनाउँदै युनले संवैधानिक र कानुनी प्रक्रियाहरू उल्लंघन गरेको उल्लेख गरे। साथै उनले हिंसात्मक उपाय अपनाएर राष्ट्रियसभालाई निष्क्रिय बनाउने प्रयास गरेको तथा लोकतान्त्रिक प्रणाली र मान्यताहरूलाई कमजोर पार्ने कदम चालेको अदालतको ठहर रहेको बताए।

अदालतका अनुसार युनले मार्शल ल घोषणा गरेर देशमा गम्भीर राजनीतिक अस्थिरता निम्त्याएका थिए, जसले दक्षिण कोरियालाई अभूतपूर्व संवैधानिक संकटमा पुर्‍याएको थियो।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077