काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) अस्वस्थ भएपछि बिहीबार राति सुर्खेतबाट काठमाडौं फर्किएका छन् ।
रास्वपा सभापति रवि लामिछाने सँगै दाङको कार्यक्रममा सहभागी हुने पूर्वतयारी रहे पनि स्वास्थ्यमा समस्या देखिएपछि बालेन बेलुकी जहाजमार्फत काठमाडौं फर्किएका हुन् ।
तर लामिछानेसहित अन्य नेताहरू भने निर्धारित कार्यक्रमअनुसार दाङ आइपुगेका छन् ।
रास्वपाले आज घोराहीमा लुम्बिनी प्रदेशस्तरीय चुनावी सभा आयोजना गरेको छ, जहाँ सभापति लामिछानेले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ।