Jul 20 2026 | २०८३, श्रावण ४ गते

20 Jul 2026 | सोमवार, श्रावण ४ गते २०८३

सोमवार, श्रावण ४ गते २०८३
images
images

विवाह बन्धनमा बाँधिइन् अभिनेत्री नीति शाह

विवाह बन्धनमा बाँधिइन् अभिनेत्री नीति शाह

शुक्रवार , फाल्गुण ८, २०८२

काठमाडौं । नेपाली अभिनेत्री नीति शाह औपचारिक रूपमा विवाह बन्धनमा बाँधिएकी छिन्। 

शुक्रबार उनले आफ्ना प्रेमी याञ्चित राणासँग काठमाडौंस्थित एक होटलमा पारम्परिक विधिअनुसार विवाह गरेकी हुन्।

नीति र याञ्चितले गत बैशाखमै कानुनी रूपमा विवाह दर्ता गरिसकेका थिए। करिब चार वर्षदेखि प्रेम सम्बन्धमा रहेका यी जोडीले विवाहअघि प्रि(वेडिङ फोटोसुट तथा निजी ब्याचलर पार्टी आयोजना गरेका थिए।

पेशाले एयरक्राफ्ट मर्मत इन्जिनियर रहेका याञ्चित हेलिकप्टर सेवा प्रदायक कम्पनी एयर डाइनास्टीमा कार्यरत छन्।

अभिनेत्री शाहले फिल्म खजुरे ब्रो, ज्वाइँ साब, मोहर र नरसिंहा अवतार जस्ता चलचित्रमा अभिनय गरिसकेकी छिन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077