Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

रौतहटमा कर्फ्यु जारी, अत्यावश्यक कामका लागि २ घण्टा खुकुलो

रौतहटमा कर्फ्यु जारी, अत्यावश्यक कामका लागि २ घण्टा खुकुलो

आइतवार , फाल्गुण १०, २०८२

काठमाडौं । गौर केन्द्रित दुई समुदायबीचको तनाव चर्किएपछि रौतहटमा जारी कर्फ्यु आइतबार पनि निरन्तर रहने भएको छ।

जिल्ला प्रशासन कार्यालयले शनिबार दिउँसो १ बजेदेखि लागू गरेको कर्फ्यु अवस्था पूर्ण रूपमा सामान्य नभएसम्म कायम रहने जनाएको छ ।

प्रशासनका अनुसार आज साँझ साढे ६ बजेसम्म कर्फ्यु यथावत् रहनेछ। त्यसपछि साँझ साढे ८ बजेसम्मका लागि समयावधि संशोधन गरी आंशिक रूपमा खुकुलो बनाइनेछ। यद्यपि, उक्त अवधिमा पनि सभा, जुलुस, प्रदर्शन तथा भीडभाडजन्य गतिविधि गर्न पूर्ण प्रतिबन्ध लगाइएको छ।

साढे ८ बजेपछि अर्को आदेश जारी नहुँदासम्म कर्फ्यु पुनः कडाइका साथ लागू गरिने जिल्ला प्रशासन कार्यालयले स्पष्ट पारेको छ।

सुरक्षा निकायहरूलाई उच्च सतर्कतामा राखिएको छ भने संवेदनशील क्षेत्रमा थप सुरक्षाकर्मी परिचालन गरिएको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077